
फिदिम, १ असार । पाँचथरमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरको दैनिक प्रतिवेदनअनुसार आज थप ४५ जनामा गरिएको एण्टिजेन परीक्षणमा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको कूल संख्या १५३५ पुगेको छ ।
यस्तै आज दिउँसो तीन वजेसम्ममा पाँचथरमा ९३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाभाइरस सङ्क्रमण भएको दुई साता पुगेका आधारमा उनीहरुलाई सङ्क्रमणमुक्त घोषणा गरिएको हो ।
यस्तै जिल्लामा आज थप २८ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआरको रिपोर्ट आउन केही दिन लाग्नेछ ।
पाँचथरमा हाल एचडीयूमा १८ जना उपचाररत छन् । यस्तै २३ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको प्रतिवेदनमा उल्लेख छ ।