
फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट २ हजार ४९ र एण्टीजेन विधिबाट ८६९ जना गरी कुल दुई हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
यो सँगै कुल संक्रमितको संख्या पीसीआर विधिबाट गर्दा ६ लाख १० हजार ५२१ र एण्टीजेन विधिबाट गर्दा २१ हजार ३३९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ५ हजार १४७ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ५ लाख ३६ हजार २५२ जना संक्रमितहरु निको भएका छन्। नेपालमा कोरोना संक्रमण निको हुने दर ८७.८५ प्रतिशत रहेको छ।
गत २४ घण्टामा आरटी पिसिआर विधिबाट ९ हजार ४३८ र एन्टीजेन विधिबाट ५ हजार ३८१ जना गरी कुल १४ हजार ८१९ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या पिसिआर विधिबाट ३२ लाख २४ हजार १६३ तथा एन्टीजेन विधिबाट एक लाख १३ हजार २१० जना पुगेको छ ।
मन्त्रालयका अनुसार २४ लाख २२ हजार ३७६ जनाले कोभिडविरूद्धको खोप पहिलो मात्रा लगाएका छन् भने ६ लाख ९१ हजार ४९४ जनाले दोस्रो मात्रा लगाएका छन् ।
गत २४ घण्टामा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्यामा सीसीएमसी, नेपाली सेना र अन्य संस्थाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ८ हजार ४६५ जना पुगेको छ ।