पाँचथरमा थप २३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि



फिदिम, ३१ जेठ

पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार आज दिउँसो ३ बजेसम्ममा थप २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज १०७ जनाको एण्टिजेन परीक्षणमा २३ जनामा सङ्क्रमण पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै आज पीसीआर परीक्षणका लागि फिदिममा १२० जनाको स्वाब सङ्कलन गरिएको छ । पाँचथरमा आजसम्म एक हजार ५२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै हालसम्म ८०६ जना कोरोना सङ्क्रमणमुक्त भएको तथ्याङ्कमा उल्लेख छ । पाँचथरमा होम आइसोलेसन र एचडीयूमा समान १०–१० जना उपचाररत रहेका छन् । जिल्लाबाट हालसम्म २३ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्