पाँचथरमा असार ७ गतेसम्म निषेधाज्ञा थप



फिदिम, ३१ जेठ

पाँचथरमा थप एक साताका लागि निषेधाज्ञा थप भएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रको बैठकको निर्णयबमोजिम प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले आज मध्यरातबाट लागू हुने गरी थप एक साताका लागि निषेधाज्ञा जारी गर्नुभएको हो ।

गत वैशाक २७ गतेबाट सुरु भएको निषेधाज्ञा आज चौथो पटक थप भएको हो । निषेधाज्ञाका लागि जारी आदेशअनुसार सरकारी तथा सार्वजनिक कार्यालयका अत्यावाश्यक बाहेकका सेवा अझै बन्द रहनेछन् भने । बैङ्क तथा वित्तीय संस्थाहरु आइतवार, मंगलबार, विहीवार र शुक्रवार ११ बजेदेखि २ बजेसम्म मात्रै सञ्चालन हुनेछन् ।

यस्तै फलफूल, दूध तथा दूग्धजन्य, खाद्यान्न, खाना पकाउने ग्यास, निर्माण सामग्री विक्री गर्ने पसल प्रत्येक दिन विहान ५ बजेदेखि १० बजेसम्म सञ्चालनमा आउने छन् भने निर्माण कार्य सुचारु हुनेछ । यी बाहेकका अन्य उद्योग, ब्यवसाय, पसल, यातायात लगायत सम्पूर्ण सेवा तथा मानवीय गतिविधिहरु आगामी असार ७ गतेसम्म बन्द गरिएको आदेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्