

फिदिम । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा आजसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या आठ हजार ४१२ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा तीन हजार ९९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ । १२ हजार ४०६ नमुनाको परीक्षण गर्दा दुई हजार ४०७ जनामा संक्रमण देखिएको हो । नेपालमा हालसम्म पुष्टि भएका कोभिड बिरामीको सङ्ख्या ६ लाख २९ हजार हाराहारीमा छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ६९ हजारभन्दा केही बढी छ।
मन्त्रालयका अनुसार ३८ प्रतिशत सक्रिय सङ्क्रमित वाग्मती प्रदेशमा छन्। तीमध्ये काठमाण्डूमा हुनेको सङ्ख्या सर्वाधिक छ। अहिले ४४ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा धेरै रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले बताएका छन्।
त्यस्तै कुल मृत्यु हुनेको सङ्ख्या ८,४०० नाघेको छ। मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत २४ घण्टामा कुल १२,४०६ जनाको परीक्षण गरिएको थियो।
परीक्षण गरिएका नमुनामा सङ्क्रमण पुष्टि हुने दर २२ प्रतिशत रहेकोमा सबैभन्दा उच्च कर्णाली प्रदेशमा ४२ प्रतिशत पाइएको मन्त्रालयले जनाएको छ।पछिल्लो समय कोभिड हुनेहरूमध्ये सबभन्दा धेरै उमेर समूह २१ देखि ४० वर्षको रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
त्यसैगरी कुल सङ्क्रमितमध्ये महिला ३९ प्रतिशतजति र पुरुष ६१ प्रतिशतजति रहेका छन्। हाल आईसीयूमा रहेका बिरामीको सङ्ख्या १,१०० रहेको छ भने भेन्टिलेटरमा ३४७ जना रहेको मन्त्रालयको तथ्याङ्क छ।
देशभरि सङ्क्रमण घट्ने क्रममा पाइए पनि पछिल्ला दुई सातामा नेपालका ११ जिल्लामा अन्यत्रको तुलनामा सङ्क्रमित बढ्ने क्रममा देखिएको मन्त्रालयले जनाएको छ। ती जिल्लाहरू उदयपुर, पाँचथर, तेह्रथुम, नवलपरासी पूर्व, रोल्पा, हुम्ला, जुम्ला, रुकुम पश्चिम, डोटी र दैलेख छन्।
तर परीक्षण गर्ने कुल क्षमताभन्दा आधा मात्र परीक्षण हुन सकेको स्वास्थ्य प्रवक्ताले बताएका छन्। देशभरि सङ्क्रमण घट्ने क्रममा पाइए पनि पछिल्ला दुई सातामा नेपालका ११ जिल्लामा अन्यत्रको तुलनामा सङ्क्रमित बढ्ने क्रममा देखिएको मन्त्रालयले जनाएको छ।
ती जिल्लाहरू उदयपुर, पाँचथर, तेह्रथुम, नवलपरासी पूर्व, रोल्पा, हुम्ला, जुम्ला, रुकुम पश्चिम, डोटी र दैलेख छन्। तर परीक्षण गर्ने कुल क्षमताभन्दा आधा मात्र परीक्षण हुन सकेको स्वास्थ्य प्रवक्ताले बताएका छन्।