

पाँचथर, ३० जेठ
पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल बजार छेउ कुमालेटारमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
स्थानीय ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गएराती हत्या भएको हो । इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ ।
घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र उनकी श्रीमती शारीरिक रुपमा अशक्त रहेकी छन् । सासु–ससुरा भेट्न मृतककी बुहारी आज विहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ ।
मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन् । गत विहीवारमात्रै उनले निवृत्तिभरणको रकम बैङ्कबाट बुझेका हुनाले लुटपाटका लागि उनको हत्या भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । घटनावारे प्रहरीले अनुसन्धान गरिरहेकाले थप विवरण सार्वजनिक भएको छैन् ।