जेठ २९ः पाँचथरमा कोरोना सङ्क्रमितको संख्या १४३५ पुग्यो



फिदिम, २९ जेठ । पाँचथरमा कोरोनाभाइरस सङ्क्रमितको संख्या १४३५ पुगेको छ ।

आज ६४ जनामा गरिएको एण्टिजेन परीक्षणमा थप १६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनमा उल्लेख छ । शुक्रवार उक्त प्रतिवेदन सार्वजनिक भएको थिएन् । शुक्रवार ४५ जनामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै पाँचथरमा हालसम्म ६२० जना सङ्क्रमित सङ्क्रमण पुष्टि भएको दुई हप्ता वितेका हिसाबले सङ्क्रमणमुक्त भएका छन् । कोभिड अस्पताल र आइसोलेसनमा गरी अहिले १७ जना सङ्क्रमित उपचाररत छन् ।

जिल्लामा उपचार हुन नसकी हालसम्म २२ जनालाई जिल्ला बाहिर रेफर गरिएको छ । हालसम्म जिल्ला भित्रै सात जना सङ्क्रमितको ज्यान गएको छ । तर जिल्लामा सङ्क्रमण पुष्टि भई थप एक दर्जन सङ्क्रमितको उपचारका क्रममा जिल्ला बाहिर निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्