युरो कपको उद्घाटन खेलमा इटाली र टर्की भिड्दै



एजेन्सी । युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट (शुक्रबार) सुरु हुँदैछ ।

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा यसपटकको युरो कप युरोपको ११ देशको ११ शहरमा आयोजना हुँदैछ । युरोकपको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको इटालीले घरेलु मैदानमा टर्कीको आतिथ्यता गरेपछि युरोकप औपचारिक रुपमा सुरु हुनेछ । रोमस्थित ओलम्पिक स्टेडियममा हुने उद्घाटन खेल नेपाली समयअनुसार राति १२ल्४५ बजे हुनेछ ।

११ जुलाईदेखि ११ जुनसम्म ११ शहर लन्डन, आम्स्टरडम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुने युरोकपमा २४ राष्ट्रको सहभागिता रहेको छ । फाइनल वेम्वली स्टेडियम लन्डनमा हुनेछ ।

यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । जुलाई ११ मा सकिने युरोकपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।

कुन देश कुन समूह:

समूह ए – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड

समूह बी – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया

समूह सी – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया

समूह डी – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक

समूह ई – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया

समूह एफ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

प्रतिक्रिया दिनुहोस्