
फिदिम । धनुषा जिल्लाको मुखियापट्टि मुसहर्निया गाउँपालिकामा पाँच बालबालिकाको डुबेर मृत्यु भएको छ ।
धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले उनीहरूको डुबेर मृत्यु भएको बताए । “मुखियापट्टि मुसहर्निया गाउँपालिकाको वडा नम्बर ६ लक्ष्मीपुरका बालबालिकाको डुबेर मृत्यु भएको हो, हामी घटनास्थलतर्फ जाँदैछौं, ५ वा ६ जनाको मृत्यु भएको भन्ने पुष्टि हुन बाँकी नै छ। घटनाबारे थप अनुसन्धान गर्दैछौँ” उनले भने ।
मृत्यु हुनेमा पल्टू यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगेन्द्र भगतको छोरी १० वर्षीया चंद्रा कुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीय छोरी मंजु पूर्वे, जगरनाथ ठाकुरको नातिनी १२ वर्षीया चाँदनी ठाकुर, उत्तिम साह तेलीको १२ वर्षीया छोरी ललिता साह छिन् ।