जेठ २७ः पाँचथरमा थप ३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि



फिदिम, २७ जेठ । पाँचथरमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको तथ्याङ्कअनुसार अव जिल्लामा कूल सङ्क्रमितको संख्या १ हजार ३७४ पुगेको छ । फिदिम नगरपालिका सहित जिल्लाका विभिन्न स्थानीय तहहरुमा गरिएको एण्टिजेन परीक्षणमा ३७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै जिल्लामा हालसम्म ५९२ जना सङ्क्रमण भएको दुई साता पुगेका आधारमा सङ्क्रमणमुक्त भएको तथ्याङ्क छ । पाँचथरमा हालसम्म ४ हजार ६८६ जनामा परीक्षण गरिएको छ ।

यस्तै जिल्लामा हाल २६ जना उपचाररत छन् भने १८ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । पाँचथरमा आज एक जना सङ्क्रमितको उपचारका लागि झापा लैजाने क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्