
फिदिम, २६ जेठ । पछिल्लो २४ घण्टामा पाँचथरमा थप ३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार पछिल्लो २४ घण्टामा एण्टिजेन परीक्षणबाट उक्त संख्यामा सङ्क्रमित थपिएका हुन् । सङ्क्रमण पुष्टि भएका अधिकांश फिदिम नगरपालिका सहित याङवरक, हिलिहाङ, कुम्मायक गाउँपालिकाका बढी छन् ।
योसँगै जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको कूल संख्या १३३७ पुगेको छ । २५ जनाको नाम दोहोरो परेको तथा पुनः परीक्षण भएकाले कूल संख्या १३३७ कायम भएको हो । यस्तै आजसम्म कूल ५९२ जना कोरोना सङ्क्रमणमुक्त भएको तथ्याङ्कमा उल्लेख छ ।
आज होम आइसोलेसन र एचडियूमा गरी २५ जना उपचाररत रहेका छन् भने हालसम्म १७ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।