२४ घन्टामा निको भए ५,७६८ कोरोना संक्रमित, ४,३४४ थपिँदा ८१ जनाको मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ३ हजार ४४९ र एण्टीजेन विधिबाट ८९५ जना गरी कुल चार हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै कुल संक्रमितको संख्या पीसीआर विधिबाट गर्दा ५ लाख ९८ हजार ८१३ र एण्टीजेन विधिबाट गर्दा १६ हजार ८३९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ५ हजार ७६८ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ।

हालसम्म नेपालमा ५ लाख १० हजार २९८ जना संक्रमितहरु निको भएका छन्। नेपालमा कोरोना संक्रमण निको हुने दर ८५.२ प्रतिशत रहेको छ।

गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १२ हजार ७४ र एन्टीजेन विधिबाट ४ हजार ५६८ जना गरी कुल १६ हजार ६१५ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या पिसिआर विधिबाट ३१ लाख ७९ हजार २०३ तथा एन्टीजेन विधिबाट ८६ हजार ३१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार २१ लाख ६९ हजार ८२० जनाले कोभिडविरूद्धको खोप पहिलो मात्रा लगाएका छन् भने ६ लाख ९१ हजार ४ सय ९४ जनाले दोस्रो मात्रा लगाएका छन् ।

गत २४ घण्टामा ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्यामा सीसीएमसी, नेपाली सेना र अन्य संस्थाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ८ हजार १७९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्