वर्षामा राजमार्ग अवरुद्ध हुन नदिन पूर्व तयारीमा रहन मन्त्री नेम्वाङको निर्देशन



फिदिम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले यो वर्ष मनसुन चाँडो हुने भएकाले राजमार्गमा आउन सक्ने अवरोध व्यवस्थापनका लागि पूर्व तयारी गर्न निर्देशन दिनुभएको छ ।

सम्बद्ध कर्मचारीहरुलाई बजेट कार्यान्वयनका बारेमा योजना सुनाउँदै नेम्वाङले राजमार्गहरू अवरुद्ध हुन नदिने र खाल्डाखुल्डीरहित बनाउने कार्यमा पूर्व तयारीका साथ रहन निर्देशन दिनुभयो । “यस पटक मनसुन चाडो सुरु हुने पूर्वानुमान छ । मनसुनका कारण राजमार्गहरू अवरुद्ध हुदाँ समयमै व्यवस्थापन गर्न सकेनौं भने जनजीवन प्रभावित हुन्छ । नागरिकले कष्ट पाउँछन्”, मन्त्री नेम्वाङले निर्देशन दिँदै भन्नुभयो, “अवरोध हुन सक्ने देशैभरका सम्भावित स्थानहरूमा इक्विपमेण्टहरु तैनाथ गर्नुहोला । हामीसँग उपलब्ध इक्विपमेण्ट अपुग भए भाडामा लिएर भएपनि व्यवस्थापन गर्नुपर्छ ।”

मन्त्री नेम्वाङले मातहत कर्मचारीलाई एक दिन पनि कार्यक्षेत्र नछाड्न निर्देशन दिँदै पूर्वाधार विकासमा देखिने खालको कार्य प्रगति हुनुपर्ने बताउनुभयो । उहाँले आफूले सधैँ कर्मचारीहरुका अप्ठ्याराहरु बुझेर सहयोग गर्ने भन्दै मन्त्रालयले लिएको लक्ष्य प्राप्तिका लागि सबै एकाग्र भई लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्