फाल्गुनन्द एकता समाजद्वारा अक्सिजन सिलिण्डर हस्तान्तरण



फिदिम, २६ जेठ । फाल्गुनन्द एकता समाज मलेसियाले पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई ११ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।

दुई लाख रुपैयाँ मूल्यका ४० लिटर क्षमताका ११ थान अक्सिजन सिलिण्डर संस्थाले गाउँपालिकालाई हस्तान्तरण गरेको हो । कोभिड–१९ का जटिल विरामीलाई समस्या हुन नदिन अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको समाजका नेपाल संयोजक लावाहाङ चेम्जोङले जानकारी दिनुभयो । गाउँपालिकामा आयोजित कार्यक्रमा चेम्जोङले फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ तथा उपाध्यक्ष देवित्रा आङ्देम्बेलाई सिलिण्डर हस्तान्तरण गर्नुभयो ।

विपतको समयमा समाजले गाउँपालिकावासीको स्वास्थ्यमा चिन्ता प्रकट गर्दै रकम सङ्कलन गरी सामग्री हस्तान्तरण गरेको फाल्गुनन्द गाउँपालिकाले समाजलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्