जननेता भण्डारीको जन्मस्थल ढुङ्गेसाँघुसम्म कालोपत्रे हुने



ताप्लेजुङ । तेह्रथुमको सुके पोखरी हुँदै जननेता मदनकुमार भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गेसाँघुसम्मको सडक कालोपत्रे हुने भएको छ ।

सो का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु ७० करोडको ठेक्का आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घर तेह्रथुमको छाते ढुङ्गा, ईवा, ह्वाकु र चोकपुर खण्ड कालोपत्रे हुन लागेको हो ।

नेकपा (एमाले)का तत्कालीन महासचिव भण्डारीको जन्म घरदेखि निगुरादिन र हाम्पाङ खण्डमा आठ किलो मिटर पहिलो चरणमा कालोपत्रे गर्न बहुवर्षीय योजनाअन्तर्गत ठेक्का आह्वान भएको उत्तरदक्षिण लोकमार्ग, कार्यालय ताप्लेजुङको सूचना अधिकारी माधव पौडेलले बताए ।

यस्तै ताप्लेजुङको सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटी सम्म ११ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । मन्त्रालयले पाथीभरा क्षेत्रको लागि रु ९५ करोडको ठेक्का आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्