कोरोनाभाइरस : १३२१ जना आइसियु र ३७२ जना भेन्टिलेटरमा



फिदिम । मंगलबारसम्म देशभर कोरोना भाइरस सङ्क्रमितमध्ये एक हजार ३२१ जना सघन उपचार कक्ष (आइसियू) र ३७२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइसियुमा प्रदेश नं १ मा २०२, प्रदेश नं २ मा ७२, वागमतीमा ७३८, गण्डकीमा ११४, लुम्बिनीमा १३७, कर्णालीमा ३४ र सुदूरपश्चिम प्रदेशमा २४ जना रहेका छन् ।

त्यस्तै भेन्टिलेटरमा प्रदेश नं १ मा ३४, प्रदेश नं २ मा २१, वागमतीमा २५४, गण्डकीमा २८, लुम्बिनीमा १९, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा सात जना रहेका छन् । होम आइसोलेसनमा ७६ हजार ५५० र संस्थागत आइसोलेसनमा ६ हजार १८६ जना रहेका छन् । मन्त्रालयका अनुसार देशभर हिजो ५ हजार एक सय ५३ जना कोभिड–१९ का सङ्क्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्