आगलागीमा जलेर घाइते वृद्धाको उपचारका क्रममा मृत्यु



पाँचथर, २६ जेठ

सोमवार राती आगलागीमा परी घाइते भएकी यहाँकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

सोमवार राती आफ्नै घरमा खाना पकाउने ग्याँस चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका–४ जोरसालकी ७२ वर्षीया तनमाया सापकोटाको उपचारका क्रममा गएराती १ बजे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार सापकोटाको झापाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेकामा गएराती १ बजे चिकित्सकहरुले सापकोटालाई मृत घोषित गरेका हुन् । आगलागीमा सापकोटा गम्भीर घाइते भएकी थिइन् ।

आगलागीमै घाइते भई उपचाररत तनमायाका छोरा दीननाथ र नाती मदन सापकोटाको समेत सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबै काजकृयामा बसेका बखत ग्याँस चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्