पाँचथरमा सवारी दुर्घटना हुँदा ताप्लेजुङका दुई जनाको मृत्यु



पाँचथर, २५ जेठ

पाँचथरमा आज सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

झापाको विर्तामोडबाट खाद्यान्न बोकेर ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश नम्वर १–०१–००१ च ७६९१ नम्वरको पिकअप आज विहान करीब ९ः३० बजे जिल्लाको हिलिहाङ गाउँपालिका–७ टारीमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । सवारी चालक ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बूका अन्दाजी ३० वर्षीय मिलन विष्ट र सोही स्थानकी अन्दाजी २४ वर्षीया सीता अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार खाद्यान्न बोकेर हिँडेको उक्त सवारी आफैँ अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल झरेको थियो । मृतकहरुको शव जिल्ला अस्पताल पाँचथरको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्