जेठ २५ः पाँचथरमा एकैदिन १३८ जनामा कोरोना सङ्क्रमण पुष्टि



फिदिम, २५ जेठ ।

पछिल्लो २४ घण्टामा पाँचथरमा थप १३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो संख्या एकैदिन सङ्क्रमण पुष्टि भएको हालसम्मकै सर्वाधिक ठूलो अङ्क हो ।

केही दिन अघि १२० जनामा फिदिममा लिइएको स्वाबबाट गरिएको पीसीआर परीक्षणबाट ४६ जना, पीसीआरबाट अन्य पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै जिल्लाका विभिन्न स्थानमा २५१ जनामा गरिएको एण्टिजेन परीक्षणमा ८७ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पाँचथरको दैनिक तथ्याङ्कले देखाएको छ ।

नयाँ सङ्क्रमित थपिएसँगै जिल्लामा सङ्क्रमितको कूल संख्या १३२४ पुगेको छ । जसमध्ये ५२९ जना सङ्क्रमणमुक्त भएका छन् ।

हाल जिल्लामा एचडियू र होम आइसोलेसनमा २१ जना उपचाररत छन् भने जिल्लाबाट हालसम्म १६ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । आज पुष्टि भएका सङ्क्रमितहरु फिदिम नगरपालिका, याङवरक, हिलिहाङ, फाल्गुनन्द गाउँपालिकाका बढी छन् ।

प्रतिक्रिया दिनुहोस्