२४ जेठः पाँचथरमा थप ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि



फिदिम, २४ जेठ । पछिल्लो २४ घण्टामा पाँचथरमा थप ९५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार पछिल्लो २४ घण्टामा ३९५ जनाको एण्टिजेन परीक्षण गरिएको थियो । उक्त परीक्षणबाट ९५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टि भएका अधिकांश फिदिम नगरपालिका भित्रका छन् भने फाल्गुनन्द, याङवरक लगायत स्थानका अन्य छन् । पाँचथरमा हालसम्म कूल ११८६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै आजसम्म कूल ५२१ जना कोरोना सङ्क्रमणमुक्त भएको तथ्याङ्कमा उल्लेख छ । आज होम आइसोलेसन र एचडियूमा गरी २१ जना उपचाररत रहेका छन् भने हालसम्म १६ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्