जेठ २३ः ६,६३६ निको भए, ३,४७९ थपिए, ९९ जनाको मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ३ हजार २४ र एण्टीजेन विधिबाट ४५५ जना गरी कुल ३ हजार ४७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै कुल संक्रमितको संख्या ५ लाख ८८ हजार १२४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ६ हजार ६३६ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ४ लाख ९१ हजार ९ जना संक्रमितहरु निको भएका छन्। नेपालमा कोरोना संक्रमण निको हुने दर ८३.५ प्रतिशत रहेको छ।

गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १० हजार ४७१ र एन्टीजेन विधिबाट ३ हजार २६२ जना गरी कुल १३ हजार ७३३ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या ३१ लाख ४३ हजार ६२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार २१ लाख १३ हजार ८० जनाले कोभिडविरूद्धको खोप पहिलो मात्रा लगाएका छन् भने ६ लाख ९१ हजार ४ सय ९४ जनाले दोस्रो मात्रा लगाएका छन् ।

गत २४ घण्टामा ९९ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ। याे संख्यामा सीसीएमसी, नेपाली सेना र अन्य संस्थाले व्यवस्थापन गरेकाे मृतककाे संख्या समेत थप गरिएकाे मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेकाे संख्या कुल ७ हजार ८९८ जना पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्