जेठ २३ः पाँचथरमा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि



फिदिम, २३ जेठ । पाँचथरमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार पीसीआर परीक्षणबाट दुई र एण्टिजेन परीक्षणबाट थप ३२ गरी कूल ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो संख्या हिँजो दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्मको हो ।

यो सँगै जिल्लामा कूल सङ्क्रमितको संख्या १०९१ पुगेको छ । पाँचथरमा चिकित्सकीय उपचार गराउनेको संख्या बढ्दै गएको छ । आज कोभिड अस्पताल र होम आइसोलेसनमा गरी २२ जना उपचाररत रहेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।

पाँचथरमा आजसम्म ४६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल १६ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।

पाँचथरमा जिल्लाभित्रै हालसम्म तीन जना सङ्क्रमितको मृत्यु भएको छ भने सङ्क्रमण पुष्टि भई बाहिर रेफर भएकामध्ये मृत्यु भएकाको तथ्याङ्क सरकारी निकायसँग छैन् ।

प्रतिक्रिया दिनुहोस्