जेठ २२ः पाँचथरमा थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि



फिदिम, २२ जेठ । पछिल्लो २४ घण्टामा पाँचथरमा थप ४१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको दैनिक प्रतिवेदनअनुसार जिल्लाका विभिन्न स्थानमा आज दिउँसो तीन बजेसम्म गरिएको परीक्षणमा उक्त संख्यामा सङ्क्रमित थपिएका हुन् । १३१ जनाको एण्टिजेन परीक्षणमा ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज ४१ जना सङ्क्रमित थपिएसँगै जिल्लामा सङ्क्रमितको कूल संख्या १०५७ पुगेको छ । जिल्लामा हाल ६४४ जना सङ्क्रमित होम आइसोलेसनमा छन्, जसमध्ये छ जना उपचाररत छन् । यस्तै जिल्ला अस्पतालमा रहेको अस्थायी कोभिड अस्पतालमा १३ जना उपचाररत रहेको तथ्याङ्कमा उल्लेख छ ।

आजसम्म पाँचथरमा ३७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै आज जिल्ला अस्पतालमा १२३ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्