जेठ २१ः पाँचथरमा ४३ सङ्क्रमित थप, कूल सङ्क्रमितको संख्याले १००० नाघ्यो



फिदिम, २१ जेठ । पाँचथरमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार पछिल्लो २४ घण्टामा एण्टिजेन प्रविधिबाट गरिएको परीक्षणमा ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सगैँ जिल्लामा कूल सङ्क्रमितको संख्या १०११ पुगेको छ ।

आजसम्म पाँचथरमा सङ्क्रमित भएकामध्ये ३७८ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म जिल्लाबाट १३ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।

जिल्लामा विभिन्न स्थानमा १३ जना सङ्क्रमित उपचाररत छन् । यस्तै ६०९ जना सङ्क्रमित होम आइसोलेसनमा छन् ।

पाँचथरमा हालसम्म २९३० परीक्षण भएको छ । जसमध्ये एण्टिजेन परीक्षण २४१७ तथा पीसीआर परीक्षण ५१३ भएको छ ।

एण्टिजेन परीक्षणबाट ७६८ जनामा सङ्क्रमण पुष्टि भएको हो भने पीसीआर परीक्षणबाट २४३ जनामा सङ्क्रमण पुष्टि भएको प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

पाँचथरका स्थानीय तहहरुमा सङ्क्रमितको कूल संख्या यस्तो छ –
फिदिम नगरपालिकाः ५९२ जना
हिलिहाङ गाउँपालिकाः १६५ जना
याङवरक गाउँपालिकाः ४२ जना
फालेलुङ गाउँपालिकाः ११ जना
कुम्मायक गाउँपालिकाः ५४ जना
फाल्गुनन्द गाउँपालिकाः २२ जना
तुम्बेवा गाउँपालिकाः ६२ जना
मिक्लाजुङ गाउँपालिकाः ६३ जना ।

प्रतिक्रिया दिनुहोस्