पाँचथरमा कोरोनाः हेर्नुहोस् परीक्षण र सङ्क्रमणको अवस्था



फिदिम, २० जेठ । पाँचथरमा कोरोनाभाइरस सङ्क्रमण निकै तीब्र गतिमा फैलिइरहेको छ ।

यहाँ नयाँ भेरिअन्टको कोरोनाभाइरसका सङ्क्रमितको कूल संख्या १००० नजिक पुगेको छ । तीन साता लामो निषेधाज्ञाका बावजुत सङ्क्रमण घटन सकेको छैन् ।

पछिल्लो पटक निषेधाज्ञामा केही कडाई गरिएको छ र परीक्षणको दायरा समेत फराकिलो पार्ने प्रयास जारी छ । पाँचथरमा अहिलेसम्म सबैभन्दा बढी फिदिम नगरपालिकामा सङ्क्रमित देखिएका छन् । फिदिममै सबैभन्दा बढी परीक्षण पनि भएको छ ।

फिदिममा –
कूल परीक्षणः ११९४ कूल सङ्क्रमितः ५६९
याङवरकमा –
कूल परीक्षणः ११४ कूल सङ्क्रमितः ३८
हिलिहाङमा –
कूल परीक्षणः ४३१ कूल सङ्क्रमितः १६५
फालेलुङमा –
कूल परीक्षणः ८४ कूल सङ्क्रमितः ११
कुम्मायकमा –
कूल परीक्षणः ३१३ कूल सङ्क्रमितः ४९
फाल्गुनन्दमा –
कूल परीक्षणः १५५ कूल सङ्क्रमितः २२
तुम्बेवामा –
कूल परीक्षणः २४१ कूल सङ्क्रमितः ५१
मिक्लाजुङमा –
कूल परीक्षणः २४४ कूल सङ्क्रमितः ६३ ।

प्रतिक्रिया दिनुहोस्