कालो ढुसीको सङ्क्रमणबाट कैलालीमा एक जनाको मृत्यु



धनगढी । कैलालीमा ब्ल्याक फङ्गस (कालो ढुसी)को सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत बर्दगोरिया गाउँपालिकाका ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । ब्ल्याक फङ्गसको लक्षण देखिएपछि उनको तीन दिन अघिदेखि आइसियुमा राखेर उपचार भइरहेको थियो ।

प्रयोगशालामा परीक्षण गर्दा ब्ल्याक फङ्गस संक्रमण पुष्टि भएका उनको कोरोना पिसिअआर रिपोर्ट भने नेगेटिभ रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्