इलामको पुवाखोलामा कुहिएको अवस्थामा वेवारिसे शव फेला



इलाम, २० जेठ । इलाम नगरपालिका वडा नं. १ मा पर्ने पुवाखोलाको पुवाखोला पिपुल्स हाइड्रोपावर नजिकै एक वेवारिसे शव फेला परेको छ ।

शव कुहिएर सडेको अवस्थामा भएकाले चिन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । अन्दाजी ३५ देखि ४० वर्षको महिलाको शव फेला परेकाले प्रहरीले अस्पतालको शव गृहमा ल्याएर राखेको छ ।

कोही चिन्ने जान्ने भए जिल्ला प्रहरी कार्यालय इलामको टेलिफोन नं. १०० मा या ९८५२६९००३० र ९८५२६८०७१० मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ । (इलामआवाजबाट)

प्रतिक्रिया दिनुहोस्