१९ जेठः थप ५३१६ जना सङ्क्रमित थपिए, ७२१९ निको भए



फिदिम, १९ जेठ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ४ हजार ५ सय २४ र एण्टीजेन विधिबाट ७ सय ९२ गरी कुल ५ हजार ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै कुल संक्रमितको संख्या ५ लाख ७१ हजार ९ सय ३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ७ हजार २ सय १९ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ४ लाख ६१ हजार ५ सय ६३ जना संक्रमितहरु निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको हुने दर ८०.८ प्रतिशत रहेको छ। हिजो यो दर ८०.१ थियो ।

हालसम्म १ लाख १ हजार ९ सय ९३ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ८ सय ३७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १३ हजार ८ सय ५ र एन्टीजेन विधिबाट ३ हजार ७६ गरी कुल १६ हजार ८ सय ८१ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या ३० लाख ९१ हजार ४ सय ५२ जना पुगेको छ ।

गत २४ घण्टामा १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्यामा सीसीएमसी, नेपाली सेना र अन्य संस्थाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ। हिजो ६८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ७ हजार ५ सय ५५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्