जेठ १९ः पाँचथरमा थपिए ६३ जना सङ्क्रमित



फिदिम, १९ जेठ । पछिल्लो २४ घण्टामा पाँचथरमा थप ६३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरले जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको स्रोतका आधारमा तयार पारेको प्रतिवेदनअनुसार पीसीआर र एण्टिजेन विधिबाट गरिएको परीक्षणमा २४ घण्टामा जिल्लामा ६३ जना नयाँ सङ्क्रमित देखिएका हुन् । यो तथ्याङ्कसँगै जिल्लामा कूल सङ्क्रमितको संख्या ८६५ पुगेको छ ।

हिजोसम्म जिल्लामा कूल सङ्क्रमितको संख्या ८०७ थियो । केहीको पुनः परीक्षण भएकाले कूल सङ्क्रमितको संख्या ८६५ कायम भएको हो ।

पाँचथरमा हालसम्म ३०३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै एचडीयू र होम आइसोलेसनमा गरी १६ जना सङ्क्रमितको उपचार भइरहेको । हालसम्म जिल्लाबाट १० जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । जिल्लामा सबैभन्दा बढी ४७७ जना र फालेलुङ गाउँपालिकामा सबैभन्दा कम ९ जना सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्