पाँचथर: जेठ १८ मा थपिए ७८ जना सङ्क्रमित



फिदिम, १८ जेठ । पाँचथरमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार पीसीआर परीक्षणबाट एक र एण्टिजेन परीक्षणबाट ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कूल १८८ जनाको एण्टिजेन परीक्षणमा ७७ जनामा सङ्क्रमण देखिएको हो ।

पीसीआर परीक्षणको तथ्याङ्क भने उपलब्ध हुन सकेको छैन् । पाँचथरमा नयाँ भेरिअन्टको कोरोनाभाइरसका सङ्क्रमितको कूल संख्या ८०७ पुगेको उक्त तथ्याङ्कमा उल्लेख गरिएको छ ।

पाँचथरमा हालसम्म २९३ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भएका छन् । यस्तै ४८५ जना सङ्क्रमित होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको तथ्याङ्क छ ।

पाँचथरमा हाल एचडीयूमा ११ जना र होमआइसोलेसनमा ६ जना सङ्क्रमित उपचाररत छन् । हालसम्म जिल्लामा सङ्क्रमण पुष्टि भएका १० जना सङ्क्रमितलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको जिल्ला प्रशासन कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्