

फिदिम, १८ जेठ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ५ हजार २ सय ८५ र एण्टीजेन विधिबाट ८ सय गरी कुल ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सँगै कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
आजै ६ हजार ८ सय ९८ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ४ लाख ५४ हजार ३ सय ४४ जना संक्रमितहरु निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको हुने दर ८०.२ प्रतिशत रहेको छ। हिजो यो दर ७९.७ थियो ।
हालसम्म १ लाख ४ हजार ७ सय ८९ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ७ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १७ हजार १ सय ४७ र एन्टीजेन विधिबाट ३ हजार १८ गरी कुल २० हजार १ सय ६५ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या ३० लाख ७४ हजार ५ सय ७१ जना पुगेको छ ।
गत २४ घण्टामा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्यामा सीसीएमसी, नेपाली सेना र अन्य संस्थाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ। हिजो १ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ७ हजार ४ सय ५४ जना पुगेको छ ।