यस्तो छ पाँचथरका स्थानीय तहमा परीक्षण र सङ्क्रमणको अवस्था



पाँचथर, १७ जेठ

पाँचथरमा कोरोनाभाइरस सङ्क्रमण निकै तीब्र गतिमा फैलिइरहेको छ । हालसम्म जिल्लामा ७२९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पाँचथरमा सदरमुकाम फिदिम सहित आठ वटै स्थानीय तहका दूरदराजका गाउँहरुमा सङ्क्रमण निकै ब्यापक रुपमा फैलँदै गएको छ । तीन साता लामो निषेधाज्ञाका वीच पनि सङ्क्रमण फैलिइरहेको छ । आज (सोमवार) मध्यरातबाट एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार हालसम्म फिदिम नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन् भने फालेलुङ गाउँपालिकामा सबैभन्दा कम सङ्क्रमित भेटिएका छन् ।

तथ्याङ्कमा हेर्नुहोस् विस्तृत विवरण :

प्रतिक्रिया दिनुहोस्