थप ४ हजार ७६२ जनामा कोरोना संक्रमण पुष्टि, ६ हजार ४९१ निको भए



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ४ हजार १ सय ७८ र एण्टीजेन विधिबाट ५ सय ८४ गरी कुल ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै कुल संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ६ हजार ४ सय ९१ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ४ लाख ४७ हजार ४ सय ४६ जना संक्रमितहरु निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको हुने दर ७९.७ प्रतिशत रहेको छ। हिजो यो दर ७९.२ थियो ।

हालसम्म १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ६ सय ८९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १५ हजार ५५ र एन्टीजेन विधिबाट २ हजार ४ सय २५ गरी कुल १७ हजार ४ सय ८० जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या ३० लाख ५७ हजार ४ सय २४ जना पुगेको छ ।

गत २४ घण्टामा १ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्यामा सीसीएमसी, नेपाली सेना र अन्य संस्थाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ। हिजो १ सय ९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ७ हजार ३ सय ८६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्