

फिदिम, १७ जेठ ।
संघीय सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत स्थानीय तहहरुलाई चालु आर्थिक वर्षको भन्दा बजेट वृद्धि गरी पठाएको छ ।
जसअनुसार पाँचथरका आठ वटै स्थानीय तहहरुलाई संघीय सरकारले बजेटमा वृद्धि गरी पठाएको छ । स्थानीय तहहरुले विभिन्न सूचकहरु, जनसंख्या आदिका आधारमा सुत्रअनुसार बजेट प्राप्त गर्ने गर्दछन् । यहाँ स्थानीय तहहरुले वित्तीय हस्तान्तरणबाट सीधा रु. ३ अर्ब १० करोड ४६ लाख बजेट पाएका हुन् ।
जसअनुसार फिदिम नगरपालिकाले समानीकरण अनुदान रु. १५ करोड ८९ लाख, सशर्त अनुदान रु. ५१ करोड ५० लाख र समपुरक अनुदान रु. ९४ लाख गरी कूल रु. ६८ करोड ३३ लाख प्राप्त गरेको छ ।
कुम्मायक गाउँपालिकाले समानीकरण अनुदान रु. ८ करोड ५३ लाख र सशर्त अनुदान रु. १८ करोड ९ लाख गरी कूल रु. २६ करोड ६२ लाख बजेट पाएको छ ।
तुम्बेवा गाउँपालिकाले समानीकरण अनुदान रु. ७ करोड ९१ लाख, सशर्त अनुदान रु. १८ करोड ६५ लाख, बिशेष अनुदान रु. ८३ लाख, समपुरक अनुदान रु. ८३ लाख गरी कूल रु. २८ करोड २२ लाख बजेट पाएको छ ।
फालेलुङ गाउँपालिकाले समानीकरण अनुदान रु. ९ करोड ९४ लाख, सशर्त अनुदान रु. २७ करोड ३४ लाख, समपुरक अनुदान रु. १ करोड ४५ लाख गरी कूल रु. ३८ करोड ७३ लाख बजेट पाएको छ ।
फाल्गुनन्द गाउँपालिकाले समानीकरण अनुदान रु. १० करोड ६० लाख, सशर्त अनुदान रु. २७ करोड ५८ लाख गरी कूल रु. ३८ करोड १८ लाख बजेट पाएको छ ।
मिक्लाजुङ गाउँपालिकाले समानीकरण अनुदान रु. १० करोड ७३ लाख, सशर्त अनुदान रु. २७ करोड ७८ लाख गरी कूल रु. ३८ करोड ५१ लाख बजेट पाएको छ ।
याङवरक गाउँपालिकाले समानीकरण अनुदान रु. ९ करोड २४ लाख, सशर्त अनुदान रु. २२ करोड ९८ लाख, समपुरक अनुदान रु. २ करोड ७४ लाख गरी कूल रु. ३६ करोड २५ लाख बजेट पाएको छ ।
र, हिलिहाङ गाउँपालिकाले समानीकरण अनुदान रु. १० करोड ४४ लाख, सशर्त अनुदान रु. २३ करोड ४६ लाख र समपुरक अनुदान रु. १ करोड ७२ लाख गरी कूल रु. ३५ करोड ६२ लाख बजेट पाएको छ ।
अब स्थानीय तहहरुले प्रदेश सरकारबाट प्राप्त गर्ने समानीकरण अनुदान, सशर्त अनुदान र समपुरक अनुदानमा छुट्टै बजेट पाउनेछन् । यस्तै स्थानीय तहहरुको आन्तरिक आम्दानी समेत जोडेर स्थानीय तहहरुले आफ्नो कूल बजेट निर्माण गर्नेछन् ।
