पाँचथरमा थप ६४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि



फिदिम, १६ जेठ । पाँचथरमा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार उक्त संख्यामा नयाँ सङ्क्रमित थपिएका हुन् । उक्त संख्या आज हिलिहाङ र फिदिममा गरिएको एण्टिजेन परीक्षण, हिँजो साँझ प्राप्त तीन दिनअघि सङ्कलित स्वाबको पीसीआर रिपोर्ट लगायत हो ।

पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा हालसम्म ६६४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये हालसम्म कूल २६४ जना सङ्क्रमितहरु निको भएका छन् ।

हाल जिल्लामा २२ जना सङ्क्रमितहरु होम आइसोलेसन तथा स्वास्थ्य संस्थामा उपचाररत छन् । हालसम्म पाँचथरमै तीन जना सङ्क्रमितको मृत्यु भएको छ । यहाँ सङ्क्रमण पुष्टि भएका थप तीन जनाको झापामा मृत्यु भएको छ । हालसम्म जिल्लाबाट छ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्