
फिदिम, १५ जेठ ।
पाँचथरका कोरोनाभाइरसका सङ्क्रमितको संख्या ६०० पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार पाँचथरका शनिवार थप ३१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै हालसम्म जिल्लामा २११ जना सङ्क्रमणमुक्त भएका छन् भने जिल्लामा सङ्क्रमण पुष्टि भएकामध्ये जिल्लामै दुई तथा जिल्ला बाहिर गई तीन जनाको निधन भएको छ ।