थप ६ हजार २०५ जना निको भए, ४ हजार ३६९ संक्रमित र १०९ को मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ३ हजार ७ सय २ र एण्टीजेन विधिबाट ६ सय ६७ गरी कुल ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय ८० जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ६ हजार २ सय ५ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ४ लाख ३४ हजार ८ सय ७५ जना संक्रमितहरु निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको हुने दर ७९.२ प्रतिशत रहेको छ । बिहीबारबार (हिजो) यो दर ७८.१ थियो ।

हालसम्म १ लाख ८ सय ९७ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ८ सय ९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ५ सय ४५ संक्रमित आइसोलेशनमा छन् भने ४ सय ७ जना भेण्टिलेटरमा रहेका छन् ।

गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १० हजार ९ सय ८६ र एन्टीजेन विधिबाट १ हजार ७ सय ८४ गरी कुल १२ हजार ७ सय ७० जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या ३० लाख ३० हजार १ सय ४७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्