ज्येष्ठ नागरिक भत्ता ४ हजार पुग्यो



फिदिम । सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/०७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याउनुभएको हो ।

हाल सरकारले ज्येष्ठ नागरिक भत्ता ३ हजार रुपैयाँ दिँदै आएको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । यस्तै, जेष्ठ नागरिकका लागि निःशुल्क औषधि उपचारको व्यवस्था गरिने मन्त्री पौडेलले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्