

फिदिम । सरकारले आगामी वर्षको बजेट मार्फत् कोरोना भाइरस विरुद्धको खोप खरिद तथा व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ।
अध्यादेश मार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना उपचार तथा नियन्त्रणका लागि थप ३७ अर्ब ५३ करोड बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो ।
– राजधानीमा ३०० शय्या र प्रदेशमा ५०–५० शैयाको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड
– स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड
– स्वास्थ्य स्वयंमसेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि, १२ हजार पुग्यो
– स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा पुर्याउनका लागि ७ अर्ब ५० करोड ।