

फिदिम । सरकारले निषेधाज्ञा अवधीमा सिंचाइका लागि प्रयोग हुने बिद्युत शूल्क छुट दिने भएको छ ।
आज आगामी वर्षको वजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञा अवधीमा २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १ सय ५० युनिट खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत छुट दिइने अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो । यस्तै साल्ट ट्रेडिङबाट खाद्यान्न, तेल, ग्याँस खरिदमा २० प्रतिशत छुट दिइने भएको छ ।
यस्तै निषेधाज्ञा अवधीमा चलचित्र उद्योगमा बिद्युत शुल्क छुट हुने भएको छ। साथै पर्यटन उद्योग, सार्वजनिक यातायात, चलचित्र उद्योग, एयरलाइन्स कम्पनी, मिडिया उद्योग जस्ता व्यवसायलाई नवीकरण निःशुल्क गर्ने र स्वत नवीकरण हुने भएको छ ।