थप ९ हजार ८४१ जना निको भए, ६ हजार ९५१ संक्रमित र ९६ को मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ६ हजार ८ सय ५५ र एण्टीजेन विधिबाट ९६ गरी कुल ६ हजार ९ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ९ हजार ८ सय ४१ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ।

हालसम्म नेपालमा ४ लाख २८ हजार ६ सय ७० जना संक्रमितहरु निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको हुने दर ७८।१ प्रतिशत रहेको छ । बिहीबारबार (हिजो) यो दर ७७.२ थियो ।

हालसम्म १ लाख १३ हजार ३ सय ९४ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ८ सय ९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १९ हजार ३ सय १३ र एन्टीजेन विधिबाट ७ सय ९७ गरी कुल २० हजार १ सय १० जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या ३० लाख १७ हजार ३ सय ७७ जना पुगेको छ ।

गत २४ घण्टामा ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्यामा सीसीएमसी, नेपाली सेना र अन्य संस्थाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ। हिजो १ सय ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ७ हजार ४७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्