

फिदिम, १३ जेठ । पाँचथरमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार फिदिम नगरपालिका सहित विभिन्न गाउँपालिकामा १४८ जनामा गरिएको एण्टिजेन परीक्षणमा ३१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै ८० जनामा गरिएको पीसीआर परीक्षणमा थप २० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरले हालसम्म कूल सङ्क्रमितको संख्या ५१६ पुगेको जनाएको छ । हिजो नै कूल सङ्क्रमितको संख्या ४९८ जना पुगेको स्वास्थ्य कार्यालय पाँचथर र जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क थियो । तर प्रशासन कार्यालयले उक्त तथ्याङ्कमा ‘टाइप मिस्टेक’ भएको वताएको छ ।
जिल्लामा हाल नौ जना उपचाररत अवस्थामा छन् । यस्तै पछिल्लो २४ घण्टामै १३५ जना निको भएको उक्त कार्यालयले जनाएको छ । हाल होमआइसोलेसनमा ३६५ जना सङ्क्रमित रहेको दैनिक प्रतिवेदनमा उल्लेख छ ।