थप ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टी, १०६ संक्रमितको मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ६ हजार ७ सय ३१ र एण्टीजेन विधिबाट २ सय ८ गरी कुल ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ७ हजार २ सय २६ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ४ लाख १८ हजार ८ सय १९ जना संक्रमितहरु निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको हुने दर ७७.२ प्रतिशत रहेको छ । बुधबार (हिजो) यो दर ७६.९ थियो ।

हालसम्म १ लाख १६ हजार ४ सय ७६ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने एक हजार ९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा आरटी पिसिआर विधिबाट २० हजार ४ सय १४ र एन्टीजेन विधिबाट ५ सय ७८ गरी कुल २० हजार ९ सय ९२ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २९ लाख ९८ हजार ६४ जना पुगेको छ ।

गत २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्यामा सीसीएमसी, नेपाली सेना र अन्य संस्थाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ। हिजो १ सय ४५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ६ हजार ९ सय ५१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्