कोरोना सङ्क्रमित वडाध्यक्ष शिगूको उपचारका क्रममा निधन



पाँचथर, १३ जेठ

कोरोनाभाइरस सङ्क्रमण भई उपचाररत जिल्लाको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा आज विहान निधन भएको छ ।

दुई सातादेखि झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई आज विहान चिकित्सकले मृत घोषित गरेको हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गर्नुभयो । मृतकको शवको ब्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । “परिवारजन र झापा प्रशासनसँग समन्वय गरिरहेका छौँ”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “झापामै शव ब्यवस्थापन हुन्छ ।”

कोरोनाभाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । शरीरमा अक्सिजनको मात्रा बढ्न नसकेपछि लामो समय उहाँलाई बिएण्डसी अस्पतालको सघन उपचार कक्षमा राखी उपचार भइरहेकामा आज विहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्