थप ६ हजार ७१४ मा कोरोना संक्रमण पुष्टि, १४५ संक्रमितको मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ६ हजार ६ सय ७७ र एण्टीजेन विधिबाट ३७ गरी कुल ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै कुल संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय ६२ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ६ हजार ७ सय १६ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ४ लाख ११ हजार ६ सय ३ जना संक्रमितहरु निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको हुने दर ७६.९ प्रतिशत रहेको छ।

हालसम्म १ लाख १७ हजार ७ सय ७७ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ८ सय ५३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, १ हजार ६ सय ७१ जना आसीयूमा भर्ना भएका छन् भने ४ सय ३४ जना भेण्टीलेटरमा रहेका छन् ।

गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १९ हजार ३० र एन्टीजेन विधिबाट ३ सय २२ गरी कुल १९ हजार ३ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २९ लाख ७७ हजार ९ सय ७२ जना पुगेको छ ।

गत २४ घण्टामा १ सय ४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्यामा सीसीएमसी, नेपाली सेना र अन्य संस्थाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ। हिजो १ सय ६९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ६ हजार १ सय ५२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्