बिरामी बोक्ने एम्बुलेन्समा सय किलो गाँजा, २ जना पक्राउ



फिदिम । सुनसरी धरान उपमहानगरपालिका–२ रत्नरोडमा प्रहरीले एम्बुलेन्सबाट सय किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ।

सोमबार बेलुका ७ बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को१च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा एम्बुलेन्सको पछाडिको भागमा २५र२५ किलोको ४ वटा झोलामा जम्मा सय किलो लागूऔषध गाँजा बरामद गरेको हो।

बरामद गरिएको गाँजासहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ वर्षीय बल बहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्ने २८ वर्षीय पोशन राईलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्