पाँचथरमा थप ४६ जनामा कोरोना सङ्क्रमण, ९८ जना निको



फिदिम, ११ जेठ । पछिल्लो २४ घण्टामा पाँचथरमा थप ४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पतालमा आज ३७ जनामा गरिएको एण्टिजेन परीक्षणमा २१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै हिँजो नै फिदिम नगरपालिका–७ रानीटारमा ५० जनामा एण्टिजेन परीक्षण गर्दा २४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

सङ्क्रमण पुष्टि भएका बाँकी तीन जना फिदिम बाहिरका छन् । योसँगै जिल्लामा कूल सङ्क्रमितको संख्या ४४८ पुगेको छ ।

हाल जिल्लामा ३३६ जना सङ्क्रमितहरु होम आइसोलेसनमा रहेका छन् । यस्तै पाँच जना सङ्क्रमितहरुलाई थप उपचारका लागि जिल्लाबाट बाहिर रेफर गरिएको छ ।

पछिल्लो २४ घण्टामा ९८ जना निको भएको जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनमा उल्लेख छ । जिल्लामा हाल सात जना अस्पताल तथा होम आइसोलेसनमा बसेर उपचाररत छन् । कोरोनाभाइरस सङ्क्रमणका कारण जिल्लामा हालसम्म दुई जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्