पाँचथरमा कोरोना सङ्क्रमितको संख्या चार सय नाघ्यो



फिदिम, १० जेठ । पाँचथरमा कोरोनाभाइरसका सङ्क्रमितको संख्या चार सय नाघेको छ ।

सोमवार जिल्लाका विभिन्न स्थानमा गरी थप २८ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कूल सङ्क्रमितको संख्या ४०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८६ जनामा गरिएको एण्टिजेन परीक्षण गरिएको थियो । सोही समयमा जिल्लामा ९८ जना सङ्क्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाका आठ वटै स्थानीय तहमा सङ्क्रमित भेटिएका छन् । जसमध्ये फिदिम नगरपालिका सहित हिलिहाङ, याङवरक र मिक्लाजुङ गाउँपालिकामा बढी सङ्क्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्