पछिल्लो २४ घण्टामा ७ हजार ९१४ संक्रमित थपिए, १९३ जनाको मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ७ हजार ५ सय ९८ र एण्टीजेन विधिबाट ३ सय १६ गरी कुल ७ हजार ९ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै कुल संक्रमितको संख्या ५ लाख १३ हजार ५ सय ५७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ७ हजार ६ सय ६४ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ।

हालसम्म नेपालमा ३ लाख ९१ हजार ३ सय ४८ जना संक्रमितहरु निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको हुने दर ७६.३ प्रतिशत रहेको छ । शनिबार (हिजो) ७५.८ प्रतिशत रहेको थियो ।

हालसम्म १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ८ सय ७३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, १ हजार ७ सय २९ संक्रमित आइसीयूमा छन् भने ४ सय ८६ संक्रमित भेण्टिलेटरमा रहेको मनत्रालयले जनाएको छ ।

गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १८ हजार ९ सय ६५ र एन्टीजेन विधिबाट ९ सय ३१ गरी कुल १९ हजार ८ सय ९६ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २९ लाख १७ हजार ३ सय ९९ जना पुगेको छ ।

गत २४ घण्टामा १ सय ९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्यामा सीसीएमसी, नेपाली सेना र अन्य संस्थाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ ।

हिजो १ सय २९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ६ हजार ३ सय ४६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्