राष्ट्रपतिले कानूनी पक्षबारे परामर्श गरेर प्रधानमन्त्री नियुक्तिबारे निर्णय लिने



फिदिम । राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनी पक्षबारे परामर्श गरेर मात्र संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको प्रधानमन्त्री नियुक्तिबारे निर्णय लिने वताउनुभएको छ ।

दाबी पेश गर्न दिएको समयभित्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आ–आफ्नो बहुमत रहेको भन्दै दाबी प्रस्तुत गरेपछि राष्ट्रपति भण्डारीले कानूनी पक्षबारे परामर्श गरेर मात्र निर्णय लिने वताउनुभएको हो ।

दुवै पक्षले बहुमत दावी गरेकाले अब राष्ट्रपतिले दुवैले प्रस्तुत गरेको आधार अध्ययन गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बवताउनुभयो । उहाँले भन्नुभयो “राष्ट्रपतिले आवश्यक कानूनी पक्षबारे परामर्श तथा सल्लाह गरेर अघि बढ्छु भन्नुभएको छ ।”

ओलीले नेकपा एमाले र जसपाका १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन्। उनलाई जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पार्टीको समर्थन रहेको लिखित पत्र दिएका छन्।

त्यस्तै, देउवाले कांग्रेस, माओवादी, जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थनमा १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्